रेडपाण्डाको दुई थान छालासहित पक्राउ

डिसी नेपाल
३ असोज २०७८ १९:२०
20
Shares

काठमाडौं । प्रहरीले रेडपाण्डाको दुई थान छालासहित पक्राउ एक जनालाई पक्राउ गरेको छ।

नलगाड नगरपालिका ५ कालिमाटीस्थित होटलबाट रेडपाण्डाको जस्तो देखिने २ थान छालासहित बारेकोट गाउँपालिका ५ नायकबाडा बस्ने १९ वर्षीय लोकेश परियारलाई प्रहरीले पक्राउ गरेको हो । उक्त होटलमा रेडपाण्डा जस्तो देखिने जनावरको छाला रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले होटलको १ सय २ नम्बर कोठा तालसी गर्दा परियारलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले होटलको १ सय २ नम्बर कोठा तालसी गर्दा परियारलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.