मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

डिसी नेपाल
१३ चैत २०८२ १७:५१
1.1k
Shares

काठमाडौँ। आज मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ एयरको हेलिकप्टर फेला परेको छ ।

मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले दोलखाको लाप्चामा उक्त हेलिकप्टर सुरक्षित भेटिएको राससलाई जानकारी दिए। क्याप्टेन सुरज थापाको कमाण्डमा रहेको नाइन एन–एएनओ हेलिकप्टर लाप्चामा सुरक्षित अवतरण गरेको उनले बताए।

दोलखाको लाप्चा क्षेत्र लाङटाङको दक्षिण–पूर्वमा पर्छ । प्रबन्ध निर्देशक लामिछानेले सुरक्षित भेटिएको उक्त हेलिकप्टर भोलि मात्र काठमाडौँ फर्कने बताए । उक्त हेलिकप्टरमा चालक दलका सदस्यसहित पाँच जना सवार रहेका थिए ।

सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा ५ जना सवार रहेको खुलेको छ । हेलिकप्टरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेले पाइलटसहित ५ जना सवार हेलिकप्टर सम्पर्कविहीन भएको बताए ।

‘अरू केही विवरण आएको छैन, हेलिकप्टरमा पाइलटसहित ५ जना सवार हुनुहुन्थ्यो,’ उनले भने, ‘टेलिफोन सम्पर्कसमेत नहुने क्षेत्र भएकाले अरु विवरण प्राप्त हुन सकेको छैन ।’

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *