एमालेको विधान महाधिवेशनका लागि तीनवटा प्रतिवेदनमाथि छलफल, केन्द्रीय कमिटीमा लैजाने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको हिजो आइतबारदेखि सुरु भएको स्थायी कमिटी बैठक सोमबार साँझ सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटीको बैठकमा विधान महाधिवेशनका लागि स्थायी कमिटी सदस्यहरुले लिखित र मौखिकरुपमा सुझावहरु राख्ने काम सम्पन्न भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।
असोज १५, १६ र १७ गते आयोजना हुन गइरहेको एमाले विधान महाधिवेशनका लागि विधान संशोधन सम्बन्धको प्रस्ताव, सांगठानिक प्रस्ताव र राजनीतिक प्रतिवेदनसम्बन्धि प्रस्तावमाथि प्रस्तुत भएका सुझावहरुसहितको प्रतिवेदन एमालेको असोज ८ र ९ गतेको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने भट्टराईले बताए ।
एमाले स्थायी कमिटीको बैठकले विधान महाधिवेशन भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरिएको उनको भनाइ छ । आगामी विधान महाधिवेशनमा संघीय संरचना अनुरुपको व्यवस्थापन गरिनुपर्ने, केन्द्रीय कमिटी, अध्यक्षलगायतको अधिवेशन गर्नुपर्ने विषयमा छलफल भएको भट्टराईले जानकारी दिए।







डिसी नेपाल








Facebook Comment