भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास, कर्नेलको नेतृत्वमा तीन सय नेपाली सैनिक सहभागी

डिसी नेपाल
५ असोज २०७८ १२:१८
708
Shares

दार्चुला। भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लामा नेपाल र भारतका सेनाको संयुक्त सैन्य अभ्यास सोमबारबाट सुरु भएको छ। ‘१५औं सूर्यकिरण’ नाम दिएको उक्त संयुक्त अभ्यासमा आतंकवाद विरोधी अभियान र विपद् व्यवस्थापन अभियान सम्बन्धी दुबै देशका सेनाले अनुभव आदान प्रदान गर्ने बताइएको छ।

नेपाली सेनाका महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली संयुक्त सैन्य अभ्यासका लागि भारतको पिथौरागढ गएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए।

संयुक्त बटालीयन स्तरको अभ्यासले दुई देशहरुबीच रक्षा सहयोग र सैन्य सहयोग बढाउने अपेक्षा रहेको भारतको पिथौरागढ प्रशासनले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ । १४ दिनसम्म हुने संयुक्त सैन्य अभ्यासमा दुबै देशका ६५० जना सैनिक तथा सैन्य अधिकारीहरुको सहभागिता रहेको छ।

नेपालले सन् २०११ देखि भारतसँग नेपाल–भारत ‘सूर्यकिरण’ संयुक्त सैनिक अभ्यास गर्दै आएको छ। एक वर्षमा नेपाल र भारतमा एक–एक पटक अभ्यास हुँदै आएकोमा कोभिड–१९ संक्रमण सुरु भएपछि रोकिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.