बाल सुधारगृहको मर्मतमा आवश्यक सहयोग हुन्छ : मन्त्री श्रेष्ठ

डिसी नेपाल
४ पुष २०८२ २२:१२
48
Shares

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले बाल सुधारगृहको सुधार एवं मर्मतमा आवश्यक सहयोगको पहल गर्ने बताएकी छन्।

विराटनगरको बाल सुधारगृह, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४, बाल हेल्पलाइन सेवा विराटनगर र पूर्वाञ्चल बालसेवा आश्रमको आज निरीक्षणपश्चात उहाँले बाल सुधारगृहको व्यवस्थापनमा आवश्यक सहयोग गरी थप बजेटको व्यवस्थापन गर्ने बताइन्।

सो अवसरमा बाल सुधारगृहका व्यवस्थापक मिलन चौहानले बाल सुधारगृहका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै गृहको क्षमता ५० जना भए पनि हाल २५४ जना सुधार गृहमा रहेकाले समस्या रहेको बताइन्।

बाल सुधारगृहमा १८ वर्षसम्मका १४१ जना छन्भने १८ वर्षभन्दा माथिका ११३ जना छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *