सङ्कटमा परेको संस्कृत विषय पाटनमा पहिलोपटक सुरु

डिसी नेपाल
८ असोज २०७८ १६:०९
24
Shares

काठमाडौं । बैतडीको पाटन नगरपालिकाले कक्षा ६ देखि ८ सम्मको आधारभूत तहमा संस्कृत विषयको पढाइ हुने भएको छ ।

पाटन जिल्लाका १० वटै स्थानीय तहमध्ये संस्कृत विषय पढाउने पहिलो पालिका हो । चालु शैक्षिक सत्रदेखि ऐच्छिक विषयका रुपमा कक्षा ६ मा पढाइ सुरु हुने शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए ।

त्यसपछि क्रमागतरुपमा कक्षा ७ र ८ मा पनि पढाइ गरिनेछ । “कक्षा ६ देखि ८ सम्म एउटा विषय स्थानीय अथवा अन्य कुनै विषय पढाउनुपर्ने भएकाले आफूहरुले संस्कृत विषय पठनपाठन गर्ने निर्णय गरेको हो”, उनले भने, “संस्कृत विषयले भाषागत ज्ञानको विकास गर्ने भएकाले संस्कृत विषय पठनपाठन गर्ने निर्णय गरेका हौँ ।” संस्कृत विषयको पाठ्यक्रम र पाठ्यपुस्तकसमेत तयारी अवस्थामा पाइने भएकाले संस्कृत पढाउन सहज हुने नगरपालिकाले जनाएको छ । नगरपालिकामा संस्कृत विषय पढाउनका लागि जनशक्ति अभाव नरहेको पठनपाठन गराउने व्यवस्था मिलाउन विद्यालयलाई निर्देशनसमेत दिइसकेको छ ।

पछिल्लो समयमा संस्कृत विषयको पढाइ नहुँदा भाषागत समस्यासमेत आएकाले नैतिक शिक्षा र भाषागत ज्ञानको विकासका लागि पनि संस्कृत विषयले महत्वपूर्ण योगदान पु¥याउने नगरपालिकाले विश्वास गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.