डा पोखरेललाई भारतमा पत्रकारिता पुरस्कार
काठमाडौं । वल्र्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा शम्भु पोखरेलले पत्रकारिता क्षेत्रमा गरेको योगदानको सम्मानस्वरूप न्यूजपेपर्स एसोसिएशन अफ, इंडियाले ‘कलम के सिपाही’ पुरस्कार प्राप्त गरेका छन् ।
भारतको आईएमएस गाजियावाद (विश्वविद्यालय कोर्स क्याम्पस) भारतको सहयोगमा न्यूज पेपर्स एसोसिएशन अफ इंडियाले सो पुरस्कार प्रदान गरेको हो । भारतीय जनता पार्टीका पूर्वराष्ट्रिय सचिव तथा उत्तराखन्डका पूर्वमुख्यमन्त्री तीर्थ सिहं रावतले आज नयाँ दिल्लीमा आयोजित कार्यक्रममा अवार्ड हस्तान्तरण गरे । सोही कार्यक्रममा भारतका ४० सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।
ईन्टरनेशनल मोटिभेसनल स्पिकरका रुपमा समेत परिचित पोखरेल बिजनेश टेलिभिजन नेपालका कार्यकारी अध्यक्ष समेत हुन् । सिईओ क्लबको सो कार्यक्रममा पोखरेलले ग्लोबल ईकोनोमिक सिफ्ट शिर्षकमा एउटा स्पिच पनि दिएका थिए । त्रिभुवन विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरिरहेका पोखरेलको नेतृत्वमा नेपालमा बिजनेश टेलिभिजन, ब्ल्याकहोल आईटि, काठमाण्डौं स्कुल अफ बैंकिङ एण्ड ईन्सुरेन्स लगायत दर्जन कम्पनीहरु सञ्चालनमा रहेका छन् ।







डिसी नेपाल








Facebook Comment