भागेका अफगानी पूर्वराष्ट्रपति अशरफ गनीले तालिबानको समर्थन गरेपछि हंगामा

डिसी नेपाल
११ असोज २०७८ १६:१२
4.8k
Shares

काठमाडौं। अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गनीले आफ्नो आधिकारिक फेसबुक अकाउन्टबाट तालिबानी शासनको समर्थन गरेका छन् । यतिमात्र होइन उनले अन्तर्राष्ट्रिय समुदायसँग तालिबानसँग वार्ता गर्नको लागि अपिल पनि गरे । यसका साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई तालिबान सरकारलाई मान्यता दिन र समर्थन दिन आह्वान पनि गरे ।

गनीले विदेशमा फ्रिज गरिएको अफगानिस्तानको सम्पत्तिलाई फुकुवा गरिनु पर्ने पनि बताए । तर, फेसबुकमा यो बयान सार्वजनिक भए लगत्तै उनले ट्वीटमा आफ्नो यो बयानको खण्डन गरे । उनले ट्वीट गर्दै आफ्नो फेसबुक अकाउन्ट ह्याक गरिएको बताए । उनले आफ्नो फेसबुक ह्याक भएकोले हिजोभन्दा पछि गरिएका पोस्टलाई वैध नमान्न आग्रह गरे ।

यसअघि फेसबुकमा गरिएको जुन पोस्टको उनले खण्डन गरेका थिए त्यो पोस्ट पछि डिलिट गरिएको छ । उत्तर फेसबुक पोस्टमा लेखिएको थियो ‘प्रिय देशवासीहरु, यो एक तीतो सत्य हो कि हामी र हाम्रो क्याबिनेटको अफगानिस्तानमा कत्ति पनि नियन्त्रण छैन । तर यसका बावजुद केही देशले पूर्व राजदूत र विश्वभर फैलिएका हाम्रा प्रतिनिधिहरुहरुलाई एक नयाँ संकट खडा गर्न उक्साइरहेका छन् ।’

‘उनीहरुले भनेका छन् कि उनीहरु अफगानिस्तान र उसको सरकारको प्रतिनिधित्व गर्न सक्दैनन् । संयुक्त राष्ट्रसंघमा गुलाम मोहम्मद इशाकजाइले अफगानिस्तानमा कुनै शासन नभएको र त्यो शासनलाई जनताको समर्थन प्राप्त नभएको भनेका छन् । अन्तर्राष्ट्रिय समुदाय अफगानिस्तानबाट टाढा रहनुभन्दा अहिलेको सरकारसँग कुरा गर्नुपर्छ । अफगानिस्तानको पैसा जारी गरेर उसलाई सहयोग गर्नुपर्छ । उनीहरुलाई मान्यता दिनुपर्छ । मेरा केही साथी मसँग सहमत नहोलान् तर उनीहरुलाई थाहा छ म सिधा कुरा गर्छु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.