भीम रावल कार्यदलको संयोजक बन्दा टुंगो लागेन सुदूरपश्चिम इन्चार्ज, १० बुँदे कार्यान्वयन हुने दाबी

डिसी नेपाल
१२ असोज २०७८ १७:४८
168
Shares

काठमाडौं । नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको बैठकले दश बुँदे सहमति कार्यान्वयन र विधान महाधिवेशनको प्रतिनिधित्वसम्बन्धी समस्या समाधान गर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि कार्यदलका संयोजक भीम रावलले उपयुक्त विधि र संरचनागत समाधानका लागि विभिन्न उपायबाट अघि बढ्ने सहमति भएको बताए ।

‘दश बुँदे सहमतिको कार्यान्वयन, १५ असोजदेखि आरम्भ हुने विधान महाधिवेशनमा प्रतिनिधित्वको विवाद, समस्या समाधानबारे हामीले छलफल गर्‍यौं,’ उनले भने, ‘त्यसको लागि उपयुक्त विधि र एउटा संरचनागत समाधानका विभिन्न उपायमा छलफल गर्‍यौं । समस्याको समाधान ति उपायहरूबाटै गर्छौं ।’

१० बुँदे कार्यान्वयन र विधान महाधिवेशनको प्रतिनिधित्वका लागि देखिएका समस्याहरू समाधान गर्न एउटा नीतिगत व्यवस्था गरेर अघि बढ्ने बैठकको निष्कर्ष छ ।

१० बुँदेको कार्यान्वयन धेरै ठाउँमा भइसकेको र जुन ठाउँमा भएको छैन त्यसलाई पनि छिटो कार्यान्वयन गर्दै लैजाने रावलको भनाइ थियो । सुदूरपश्चिम इन्चार्जको विषय पनि १० बुँदे कार्यान्वयनकै सन्दर्भमा आउने रावलले बताए ।

उनका अनुसार सुदूरपश्चिमको इन्चार्जको टुंगो अझै लागेको छैन । इन्चार्जमा लेखराज भट्टले दाबी गरेका छन् । १० बुँदे सहमतिअनुसार आफू नै प्रदेश इन्चार्ज भएको रावलको दाबी रहँदै आएको छ ।

आफैँ विवाद मिलाउने कार्यदलको संयोजक हुँदा पनि पहिलो बैठकबाट संयोजक रावलले सुपको विवाद टुंगो भने लाउन सकेनन् । यद्यपि रावलले बाँकी रहेको ठाउँमा १० बुँदे छिट्टै कार्यान्वयन हुने दाबी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.