प्रधानमन्त्रीको आह्वानमा आज बालुवाटारमा सर्वदलीय बैठक बस्दै

डिसी नेपाल
१४ असोज २०७८ ६:५१
52
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज बिहीबार बालुवाटारमा सर्वदलीय बैठक बस्दैछ। बैठक बिहान बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रम देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए।

संसद् अवरोध र पछिल्लो समसामयिक राजनीतिक घटनाबारे छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन्। संसद्‌मा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)लगायत सबै दललाई बैठकमा बोलाइएको छ।

यसअघि पनि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्यका लागि बैठक बोलाएका थिए । तर, उक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन्।

संघीय संसद्का दुवै सदन एमालेले दैनिक अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । एमालेले १४ जना सांसदलाई कारवाहीको माग गर्दै लगातार संसद बैठक अवरुद्ध गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.