बाग्मती प्रदेशमा कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव गर्नु आपत्तिजनक

डिसी नेपाल
१४ असोज २०७८ १३:१८
188
Shares

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले बाग्मती प्रदेश सरकारमा कांग्रेसले अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस नेतृत्वले नेकपा (एकीकृत समाजवादी) लाई प्रस्ताव गर्नु आपत्तिजनक भएको बताएका छन्।

असोज २५ गतेबाट मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार लगभग ढल्ने निश्चित भएको हुँदा सो अवस्थामा कांग्रेसले अढाई महिना सरकारको नेतृत्व गर्ने प्रस्ताव राख्नु महाधिवेशन लक्षित भएको भन्दै बिरोध जनाएका छन्।

‘बाग्मती प्रदेशमा संकटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउँन कांग्रेस नेतृत्वले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य छ। यसले कांग्रेस पार्टीलाई कमजोर बनाउँछ।

कोइरालाले भने,संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउँन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो ? यस्ता कार्यमा संलग्न नहुन म सबैमा आग्रह गर्न चाहन्छु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.