आज बसेको मन्त्रिपरिषद बैठकका ४ निर्णय
काठमाडौँ । सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चार विषयमा निर्णय गरेको छ ।
कार्कीका अनुसार बिहीबार बसेको बैठकले सरकारले स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार संगठन (डब्ल्यूटिओ)को १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन स्वीकृत दिने निर्णय गरेको छ । यस्तै इन्टरपोलको ८९ औं महासभामा भाग लिने बैठकले निर्णय गरेको छ । बैठकमा सहसचिव प्रा गोपालप्रसाद सिग्देललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने ।
यस्तै विभिन्न मन्त्रालयका विकास आयोजनाहरुको निम्ति अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय पनि गरिएको उनले बताए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment