प्रचण्ड भन्छन् पैसा मागेर मेरो हालत खराब भइसक्यो, निर्वाचन प्रणाली फेरौँ

डिसी नेपाल
१४ असोज २०७८ १८:४९
604
Shares

काठमाडौं।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहार्ल प्रचण्ड’ निर्वाचन प्रणाली फेर्न आन्दोलन गर्नुपर्ने बताएका छन् । वर्तमान निर्वाचन प्रणाली महँगो हुँदा उम्मेदवारले पैसा मागेर आफ्नो हालत खराब भएको भन्दै अध्यक्ष दाहालले निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताएका हुन् ।

दलाल पुँजीपतिको पैसामा बिक्ने निर्वाचन प्रणालीभन्दा पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक छु, उनले भने, ुहामीले आन्दोलन छेडिदियौँ भने पुग्छ । आन्दोलन हुन्छ । लाखौँ जनतालाई सडकमा ल्याएर रूपान्तरण गर्न सकिन्छ । थोरै मिहिनेत ग¥यो भने रंगीन क्रान्ति गर्न सकिन्छ । यो प्रणाली बदल्न सकिन्छ ।

वर्तमान निर्वाचन प्रणालीले आफ्नो हालत खराब भइसकेको उनको भनाइ थियो । हाम्रो हालत खराब भइसक्यो । अध्यक्षको हालत खराब भइसक्यो । अध्यक्षबाट पैसा लाने मात्र छन् । सबै अध्यक्षसँग माग्ने । दिने कोही छैन । गाउँपालिकामा चुनाव लड्न २०र३० लाखचाहिँ हालियो । प्रदेशमा एक(दुई करोड दिनुप¥यो । संघमा पाँचदेखि १० करोडसम्मै पर्ने भयो । यसका लागि दलाल पुँजीपतिसँग माग्न जाने अब रु २०६४ मा पैसा खर्चै भएन । अहिले पैसा खर्च गरेर पनि जितिने अवस्था छैन । शासन प्रणाली नै ठीक छैनु, उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.