ठूला दलले काम गर्न सकेनन्ः अध्यक्ष राणा

डिसी नेपाल
१४ असोज २०७८ २२:४७
28
Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले ठूला दलले जनताको म्यान्डेटअनुसार काम गर्न नसकेको बताएका छन् ।

दसैँको पूर्वसन्ध्यामा आज आयोजित भेटघाट कार्यक्रममा अध्यक्ष राणाले तत्कालीन नेकपा नेतृत्वको सरकारले जनताका पक्षमा उल्लेख्य काम गर्न नसकेको र वर्तमान सत्ता गठबन्धनले पनि त्यस्तो काम गर्ने कुनै सकारात्मक सङ्केत नदेखाएको जिकिर गरे । अध्यक्ष राणाले आगामी निर्वाचनमा साना पार्टीलाई जनताले विजयी गराउनुपर्ने तर्क राख्दै आफ्नो पार्टी कुनै न कुनै गठबन्धनमा सामेल भएर निर्वाचनमा लड्ने जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.