परिवार दल प्रदेश नम्बर एकको अधिवेशन इटहरीमा सम्पन्न

डिसी नेपाल
१५ असोज २०७८ ७:०५
16
Shares

सुनसरी। तेस्रो राष्ट्रिय महाधिबेशनको संघारमा रहेको नेपाल परिवार दलको प्रदेश नम्बर एकको तेस्रो अधिवेशन सुनसरिको इटहरीमा भेला सम्पन्न गरेकाे छ। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले १०१ सदस्यीय प्रदेश समिति सर्बसम्मत चयन गरेको छ।

अधिबेशनले प्रदेश संयोजकमा बिनोद डागी, सह- संयोजकहरुमा सभासद मिलन कुमारी राजवंशी र असोक कुमार चौधरीलाइ चयन गरेको छ। त्यसैगरी प्रदेश सचिवमा राम बहादुर लिम्बू लगायत १०१ जनाको प्रदेश कार्य समितिको चयन गरेको हो। थप पदाधिकारीहरुको चयन प्रदेश समितिको बैठकबाट नबनिर्बाचित प्रदेश संयोजक डाँगीले गर्नेछन्।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले परिबर्तनका उपलब्धिहरु संस्थागत विकास गर्न र देशलाई पश्चगामी र यथास्थितिबादीहरुबाट मुक्त गर्न सम्पूर्ण शान्ति तथा विकास प्रेमी नागरिकहरु एकजुट भएर अघि बढ्नु पर्ने बताए।

नेता ढकालले पटक पटक जनादेशको अपमान गर्नेहरुलाइ जनताले अस्विकार गरि नयाँ सोच र विचार बोकेको शक्तिलाई स्थापित गरि मुलुकको विकास र समृद्धिको यात्रालाइ तिब्रता दिनु पर्ने उल्लेख गरे।

संबिधान सभाका सभासद समेत रहेका ढकालले प्रतिशोधको राजनीतिले नागरिकले दुख पाउने र देशको अमुल्य समय खेर जाने हुँदा सबै नागरिकलाई समयमै निशुल्क खोप प्राकृतिक बिपत्ति पीडितलाई तुरुन्त उचित राहत, नेपालको हित केन्द्रित आर्थिक कुटनीति तथा युवाहरुलाई रोजगारीको ग्यारेन्टी जस्ता बिषयहरुमा सर्बपक्षीय सहमति गरेर राष्ट्रिय ध्यान केन्द्रित गर्नु आवस्यक रहेको बताए।

देशमा पर्ने आर्थिक भारलाई ध्यान दिँदै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसँगै सम्पन्न गर्न पनि देशका प्रमुख राजनैतिक दलहरुबीच समझदारी आवश्यक रहेको बताउँदै कोभिड–१९ को महामारीले थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न सरकारलाई सुझाब समेत दिए।

अध्यक्ष ढकालले आगामी निर्वाचन अघिनै वर्तमान निर्वाचन प्रणालीमा व्यापक सुधार गरि प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद लगायत ब्यबस्था गर्न र संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवस्यक पर्ने सुधारको लागी एक संबिधान सुधार सिफारिस आयोग गठन गर्नु पर्ने ठहर नेपाल परिवार दलको रहेको पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.