एमाले विधान महाधिवेशनः कर्णाली र लुम्बिनीका टोली नेताबाट सुझाव प्रस्तुत, सुदूरपश्चिमबाट थापाले गर्दै

डिसी नेपाल
१६ असोज २०७८ १७:०८
108
Shares

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा सुझावहरु प्रस्तुत भइरहेको छ । महाधिवेशनमा पेश भएका राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफलमा आएका सुझावहरुलाई समूहका नेताले प्रस्तुत गरिरहेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि १० वटा समूहमा छलफल भएको थियो । समूहका टोली नेताले छलफलबाट आएको सुझावलाई प्रस्तुत गरेका हुन् ।

हालसम्म कर्णालीबाट गोरखबहादुर बोगटी र लुम्बिनीबाट लिला गिरीले टोली नेताका रुपमा सुझाव प्रस्तुत गरेका छन् । अहिले सुदूरपश्चिमबाट कर्ण थापाले सुझाव प्रस्तुत गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.