राइनास नगरसभापतिमा पौडेल विजयी
काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न भएको मतदानमा राइनास नगरपालिकाको सभापतिमा श्रीकृष्ण पौडेल निर्वाचित भएका छन् ।
मतदानमा उनले १२२ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनको प्रतिद्वन्दी नूरराज कडारियाले ७९ मत प्राप्त गरेका थिए। कूल २०२ मतदातामध्ये एक जना अनुपस्थिति रहेको थियो । त्यस्तै उपसभापतिमा सन्तोष गुरुङ (१२२) र राजकुमार भुजेल (९९) मत ल्याई विजयी भएका छन् । यसैगरी सचिवमा गोविन्द चिलुवाल (११९) र चित्रकुमार श्रेष्ठ (१०६) मत प्राप्त गरी विजयी भएका छन् ।
सहसचिवमा जनकराज न्यौपाने (७५) र मोहन शर्मा चिलुवाल (७७) मत ल्याई विजयी भएको जिल्ला सभापति भेषबहादुर पौडेलले जानकारी दिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment