कुमारी मन्दिरको भोजनगृह उद्घाटन

डिसी नेपाल
१६ असोज २०७८ २२:१४
24
Shares

काठमाडौं । आज भक्तपुर नगरपालिका–५ द्यौला बस्तीस्थित कुमारी मन्दिर भ्वय्छेँको उद्घाटन भएको छ ।

बागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सरस्वती वाटीले कुमारी मन्दिर उद्घाटन गरेकी हुन् । कुमारी मन्दिर विकास समितिले यहाँ आयोजना गरेको मन्दिर उद्घाटन एवं सम्मान कार्यक्रममा बागमती प्रदेश सरकारको रु ५० लाखको सहयोगमा निर्माण सम्पन्न भएको हो ।

राज्यमन्त्री वाटीले आफ्नो पहलमा प्रदेश सांसद कोषबाट आएको रकमबाट आफ्नो पुराना दौतरी महिलाहरु रहेको बस्तीको धार्मिकस्थलको विकासमा योगदान गर्न पाउँदा खुसी लागेको बताउँदै पिछडिएको बस्तीको विकासमा आफ्नो ध्यान केन्द्रित रहेको बताए ।

कार्यक्रममा समितिका सचिव बाबुरत्न द्यौलाले यस बस्तीका महिलालाई सीप सिकाउन, प्रौढ शिक्षा पढाउनदेखि यहाँको विकासका लागि धेरै वर्ष अगाडिदेखि लाग्नुभएकी राज्यमन्त्री वाटीकै कारण कुमारी मन्दिरको भ्वय्छेँ निर्माणलाई रु ५० लाख, पञ्चमुखेश्वर महादेव मन्दिर निर्माणमा गत आवमा रु ५० लाख र चालु आवमा रु १२ लाख थप गर्न सफल भएर धार्मिकस्थलको विकासमा टेवा पु¥याउने बताए ।

त्यस अवसरमा समितिका अध्यक्ष रामप्रसाद द्यौलाले राज्यमन्त्री वाटीलाई दोसल्ला ओढाएर ताम्रपत्र प्रदान गर्दै सम्मान गरे। स्थानीय नेता तथा समाजसेवी चरणप्रसाद द्यौला, अनन्तप्रसाद धौभडेल, सानु सुवाल, रत्नप्रसाद द्यौलालगायतले द्यौला बस्तीको समस्या र विकासमा सरकारले चासो दिनुपर्नेमा जोड दिए । कार्यक्रममा राज्यमन्त्री वाटीलाई धिमे बजाएर टोलटोलमा घुमाउँदै स्वागत, बधाई तथा सगुन प्रदान गर्दै स्थानीयवासीले फूलमाला र खादाले सम्मान गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.