कांग्रेस महाधिवेशनः काठमाडौं महानगर नेतृत्वको लागि आज निर्वाचन

डिसी नेपाल
१७ असोज २०७८ ९:०७
36
Shares

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगर कार्यसमिति चयनका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु हुने भएको छ ।

अधिवेशनको शनिबार उद्घाटन भएपनि नेतृत्वका चयनका लागि आइतबार मतदान हुने निर्वाचन समितिले जनाएको छ। नेतृत्व चयनका लागि आइतबार बिहान ९ बजेदेखि १ बजेसम्म मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

महानगरको सभापतिमा संस्थापन पक्षका प्रगतिमान रञ्जित र संस्थापन इतर पक्षका नीलकाजी शाक्य प्यानलसहित प्रतिस्पर्धामा उत्रेका छन् । रञ्जितलाई सभापति शेरबहादुर देउवासहित ध्यानगोविन्द रञ्जित, भीमसेनदास प्रधान, तीर्थराम डंगोल लगायतका नेताहरूको समर्थन रहेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य गगन थापा लगायतको समर्थन शाक्यलाई छ । काठमाडौं महानगरमा कांग्रेसको १५ वर्षपछि नेतृत्व चयन हुन लागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.