एमालेमा पराजित नेता सोही पदमा मनोनीत हुन पाउने

डिसी नेपाल
१७ असोज २०७८ १४:२४
112
Shares

काठमाडौं। एमालेमा पराजित नेता सोही पदमा मनोनीत हुन पाउने भएका छन् । एमालेको विधान महाधिवेशनको हलले पराजित नेतालाई सोही पदमा मनोनीत हुन नपाउने गरी विधानमा राख्न माग गरेको थियो । तर, नेतृत्वले त्यसलाई अस्वीकार गरेको छ ।

अब एमालेमा निर्वाचनमा उठेर पराजित भएका व्यक्ति आफू उठेकै पदमा मनोनीत हुन पाउने भएका छन् । जस्तै, केन्द्रीय सदस्यमा हारेको नेता पछि त्यही पदमा मनोनीत हुन पाउने भएका छन् ।

एमालेमा कोषाध्यक्ष राख्न विधान महाधिवेशन हलले माग गरेको थियो । तर, आर्थिक विभाग प्रमुख नै कोषाध्यक्ष हुने व्यवस्था गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.