नर्भिक हस्पिटलका संस्थापक चौधरीको मुटुको शल्यक्रिया

डिसी नेपाल
१७ असोज २०७८ १६:२०
208
Shares

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलका संस्थापक बसन्त चौधरीको मुटुको शल्यक्रिया भएको छ । गत मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा उनको मुटुको शल्यक्रिया भएको अस्पतालले जनाएको छ । परिवारसँग छुट्टी मनाउन दुबई पगेका बखत स्वास्थ्यमा समस्या आएपछि उनको त्यहीँको अस्पतालमा उपचार गरिएको हो ।

अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोग गरी चौधरीको ओपन हार्ट सर्जरी गरेको हो । सर्जरीपछि हाल उनी पोस्ट अपरेटिङ केयरमा छन् । अब दुई दिन सो युनिटमा राखेर उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

उनी केही दिनअघि परिवारसँग छुट्टी मनाउन दुबई गएका थिए । गत ८ असोजमा अचानक स्वास्थ्यमा समस्या आई अस्पताल भर्ना भएका थिए । सो क्रममा सामान्य खालको हृदयाघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरूले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावअनुसार उनको मंगलबार शल्यक्रिया गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.