सोधपुछपछि आर्यन खानसहित अरबाज र मुनमुन गिरफ्तार, मेडिकल जाँचका लागि लगियो

डिसी नेपाल
१७ असोज २०७८ १७:०४
5.3k
Shares

काठमाडौं। क्रुज जहाजमा ड्रग्स पार्टी गरेको अभियोगमा शाहरुख खानका छोरा आर्यन खानलाई गिरफ्तार गरिएको छ । आर्यन खानसहित उनका २ साथीहरुलाई गिरफ्तार गरिएको छ । आर्यनको साथमा उनका साथीहरु अरबाज मर्चेन्ट र मुनमुन धमेचालाई गिरफ्तार गरिएको हो । नारकोटिक्स कन्ट्रोल ब्युरोका अधिकारीहरुले उनीहरुलाई मेडिकल जाँचका लागि लिएर गएका छन् ।

औपचारिक रुपमा गिरफ्तार गरिएपछि अब उनीहरु आज पुलिस हिरासतमै बस्नुपर्नेछ । आज आइतबार विदा भएकोले यसै पनि अदालत बन्द छ । भोलि सोमबार अदालत खुलेपछि मात्रै उनहिरुलाई धरौटीमा छाड्नको लागि निवेदन दिन सकिनेछ । त्यसपछि अदालयले धरौटीमा छाडेको अवस्थामा मात्र उनीहरु बाहिर निस्किन पाउनेछन् ।

भारतीय मिडियाका अनुसार आर्यनलाई गिरफ्तार गरिएसँगै शाहरुख खानको घर मन्नतबाट एउटा गाडी बाहिर निस्किएको छ । यो गाडीमा को छ र यो गाडी कहाँ जाँदैछ भन्ने थाहा हुन सकेको छैन । शाहरुख अहिले आफ्नो फिल्म पठानको सुटिङ गर्दैछन् । छोरा गिरफ्तार भएपछि उनले सुटिङ रद्द गर्न सक्छन् । शाहरुख सुटिङका लागि स्पेन जाने कार्यक्रम थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.