गोदावरीमा भेला भएका मास्क बिनाका मार्क्सवादी

डिसी नेपाल
१७ असोज २०७८ १९:२९
80
Shares

काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरिएको देखिएन ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मास्क अनिवार्य लगाउनु पर्ने भए पनि विधान महाधिवेशनमा सहभागी केहीले लगाएको देखिएन ।

मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने भए पनि महाधिवेशनमा सहभागीहरूले मास्क लगाएका थिएनन् । सरकारले अनिवार्य मास्क लगाउन भने पनि यसलाई महाधिवेशनमा सहभागीहरूले बेवास्ता गरेका छन् ।

कार्यक्रमका क्रममा कसैले कोरोना नियन्त्रणका सुरक्षा मापदण्ड पालना गर्न र गराउन आग्रहसमेत गरिएको थिएन । ६ हजारभन्दा बढी सहभागी महाधिवेशनमा मास्कसमेत लगाएका छैनन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.