खप्तडमा पल-गरिमाको नृत्य, म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
१८ असोज २०७८ ९:११
128
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशस्थित पर्यटकीय क्षेत्र खप्तडमा छायाँकन भएको म्युजिक भिडियाे सार्वजिनक भएकाे छ।

‘जीवन फूल्ने मेरो लहरा हो केवल तिमी हौ, भर दिने मेरो पहरा हो केवल तिमी हौ’ म्युजिक भिडियोमा पल शाह र गरिमा शर्मा छमछमी नाचेका छन्। एक महिना अघि सुटिङ भएको चार मिनेट लामो सो म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएकाे छ।

राजकुमार र राजकुमारीको प्रेमलिला हेर्न मिल्ने सो म्युजिक भिडियोले मोडल, पर्यटकीय क्षेत्र, शव्द र लयका कारण अत्याधिक दर्शकको माया पाउने विश्वास गायक सुनिल गिरीको छ।

सो गीतमा गिरी र डा. त्रिशला गुरुङको स्वर छ । गीतको शव्द र संगीत पनि गिरीकै हाे भने म्युजिक भिडियोको छायाँकन र निर्देशन अनिल के मानन्धरले गरेका हुन्।

भर्जिनल्याण्डकारुपमा रहेको खप्तडको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले समेत सो क्षेत्रमा छायाँकन गरिएको गायक गिरीको भनाइ छ।

१० दिन लगाएर सुटिङ गरिएको सो गीतको छायाँकनमा १५ लाख खर्च भएको म्युजिक भिडियोका निर्माता समेत रहेका गायक गिरीले बताए।

३१०० देखि ३५०० मिटरसम्मको उचाइँमा रहेको खप्तड प्राकृतिकरुपमा रमणीय छ । सँधै आनन्ददायी मौसम रहने खप्तड घना जंगल र धार्मिक क्षेत्रका रुपमा पनि परिचित छ । खप्तड राष्ट्रिय निकुञ्ज पनि हाे । खप्तड बाजुरा, वझाङ, डोटी र अछाम गरेर चार जिल्लामा पर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.