चलचित्र ‘नाकछोङ’ को ट्रेलर सार्वजनिक
काठमाडौं । पिताको निधनपछि उनको इच्छा अनुसार ‘आत्मा’ बाटो लगाउन राई समुदायमा गरिने परम्परागत कुलको बिजुवा अर्थात् नाक्छोङको कथामा निर्माण भएको फिल्म ‘नाकछोङ’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा बिजुवाका लागि एक छोराले परिवार, समाज र समयसँग गर्नुपर्ने गहिरो आन्तरिक तथा सामाजिक संघष समेटिएको छ ।
फिल्मको लेखन तथा निर्देशन किरण राईले गरेका हुन्, भने निर्माता ज्योतीराज राई रहेका छन् । निर्माता राईले फिल्मले राई समुदायको परापूर्वकालदेखि पुस्तौँपुस्ता चलिआएको गहिरो सांस्कृतिक चेतना, आत्मिक अनुशासन र कुल परम्परालाई सिनेम्याट्रिक भाषामा पुनर्जीवित गर्ने बताए ।
‘नाकछोङ कुनै काल्पनिक पात्र नभई पुस्तौँदेखिका विश्वास, विधि, संस्कार र सामूहिक चेतनाको सजीव प्रतिनिधि हो, जसलाई फिल्मले गहिरो संवेदनशीलतासाथ प्रस्तुत गरेको छ’, राईले भने ‘यसलाई आफ्नै समुदायले समेत बिर्सन थालेका कारण इतिहास ओझेलमा पर्ने खतरा छ ।’
फिल्ममा भुवन सिंह राई, यासेली योङहाङ, सागर केरुङ, शुष्मा सुब्बा गुरुङ, पूर्ण लिम्बू, सारा राई, ताया हाङ राई, दिनेश कोइराला, उदय सुब्बा कुरुङ्वाङ, अनुशा राई, सरोज राई, जेशन राई ,तुलशा लिम्बु लगायत कलाकारको अभिनय छ।
फिल्ममा छायाङ्कन बाबु श्रेष्ठ, दिनेश काजी वान्तवा र अनिल कोई राईको संगीत छ। सार्वजनिक प्रदर्शन मिति हालसम्म तय नभएको फिल्म युकेका विभिन्न शहरहरूमा प्रिमियर भैसकेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment