एनसीबीको सोधपुछमा लगातार रोइरहेका छन् आर्यन खान, पिता शाहरुखसँग २ मिनेट कुरा गरे

डिसी नेपाल
१८ असोज २०७८ १२:२६
5.2k
Shares

काठमाडौं। बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई क्रुज शिपमा भइरहेको ड्रग्स पार्टीमा सहभागी भएको आरोपमा आइतबार गिरफ्तार गरिएको छ । नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले आइतबार उनलाई नियन्त्रणमा लिएको छ र उनीसँग यस विषयमा सोधपुछ भइरहेको छ । सोधपुछको क्रममा आर्यन खान अधिकारीहरुकै अगाडि रोइरहेका छन् ।

एनसीबी सूत्रका अनुसार शाहरुख खानले छोरासँग फोनमा कुरा गरेका छन् । आर्यनको गिरफ्तारीपछि कानुनी प्रक्रिया अनुसार एनसीबीले आफ्नो ल्याण्डलाइन फोनबाट आर्यनलाई आफ्ना पिता शाहरुखसँग करिब २ मिनेट कुरा गराएको थियो । यस क्रममा आर्यन लगातार रोइरहेका छन् ।

सोधपुछमा आर्यनले करिब ४ वर्षदेखि ड्रग्सको सेवन गरिरहेको खुलासा भएको छ । भारतबाहेक युके, दुबइ र अन्य देशहरुमा समेत आर्यनले ड्रग्सको सेवन गरेको खुलासा भएको छ । आर्यन र अरबाज लगभग १५ वर्षदेखि साथी छन् ।

आर्यन फिल्म निर्माणमा पनि जोडिएका छन् । आर्यनले एक लिखित बयानमा आफ्नो गिरफ्तारी स्वीकार गर्दै लेखेका छन् ‘म आफ्नो गिरफ्तारीका कारणहरु बुझ्छु र मेरो परिवारका सदस्यलाई यसको जानकारी दिइएको छ ।’

एनसीबीले आर्यन, अरबाज मर्चेन्टसहित केसका अन्य आरोपीहरुको फोन जफत गरेर उनीहरुका म्यासेजहरुको जाँच गरेको थियो । यो जाँचमा आर्यन कैयौं लागूऔषधका एजेन्ट र आपूर्तिकर्तासँग सम्पर्कमा भएको खुलासा भएको छ । यही प्रमाणका आधारमा एनसीबीले आर्यन र अरबाजलाई साथमै राखेर सोधपुछ गरेको थियो ।

एनसीबीको हिरासतमा आर्यनले क्रुजमा आफ्नो उपस्थितिको विषयमा सफाइ दिने कोसिस गरेका थिए । उनले आफूलाई पाहुनाको रुपमा क्रुजमा बोलाइएको बताउँदै आफूले यसको लागि कुनै पैसा नलिएको बताएका थिए । आर्यनले पार्टीमा आफ्नो नाम प्रयोग गरेर मानिसहरुलाई बोलाइएको पनि दावी गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.