आजदेखि सार्वजनिक यातायातलाई रुट परमिट नचाहिने

डिसी नेपाल
२१ असोज २०७८ ८:३९
508
Shares

काठमाडौं। दसैं सुरु भएसँगै सरकारले सार्वजनिक यातायातको रुट परमिट(सडक अनुमति) हटाएको छ। दसैंका लागि एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउन आज बिहीबारदेखि कोजाग्रत पूर्णिमासम्म रुट परमिट खुल्ला गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ।

योसँगै अब यात्रुवाहक सवारीसाधन मुलुकका जुनसुकै ठाउँमा जान सक्नेछन् । त्यसका लागि सरकारसँग रुट परमिट लिनु पर्दैन। अब काठमाडौं उपत्यकासहित छोटो दुरीका सवारी साधन पनि लामो दुरीका लागि प्रयोग गर्न सकिन्छ।

धेरै यात्रु एकैपटक उपत्यका बाहिर जाने भएकोले दसैंमा सवारीसाधन अपुग हुन्छन् । जसकारण रुट परमिट खुल्ला गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.