साइकल यात्रीको ज्यान गयो

डिसी नेपाल
२१ असोज २०७८ २२:५९
44
Shares

काठमाडौँ ।  सर्लाहीको हरिपुर्वामा ट्याक्टरको ठक्करदिँदा एक साइकल यात्रीको मृत्यु भएको छ ।

हरिपुर्वा नगरपालिका ९ स्थित सडकमा ज१त ९२७९ नम्बरको ट्याक्टरको ठक्करबाट हरिपूर्वा नगरपालिका ५ बस्ने अन्दाजी ४७ वर्षका पुकार महतोको घटनास्थलमै ज्यान गएको हो । ईश्वरपुरको जंगलबाट सुकेको दाउरा साइकलमा राखेर हरिपूर्वातर्फ आउँदै गरेको ट्याक्टरले महतोलाई पछाडिबाट ठक्कर दिएको हरिपूर्वा प्रहरीले जनाएको छ । घटनालगत्तै भाग्न खोजेका ट्याक्टर चालकलाई स्थानीयले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छन् ।

तत्काल घटनास्थल पुगेको प्रहरीको टोलीले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याइएको छ भने घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.