जम्मू-कश्मीरमा भारतीय प्रहरीमाथि आक्रमण, जवाफी कारबाहीमा सशस्त्र समूहका एकको मृत्यु

डिसी नेपाल
२३ असोज २०७८ ८:३१
564
Shares

दिल्ली। जम्मू कश्मीरमा भारतीय प्रहरीमाथि आक्रमण भएको छ। शुक्रबार राति श्रीनगरको नाटिपोरा क्षेत्रमा प्रहरी टिममाथि आक्रमण भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रहरीले जवाफी कारबाही गर्दा एक जनाको ज्यान गएको छ भने अर्का एक जना फरार भएका छन। प्रहरीले उनीहरूबाट हातहतियार पनि बरामद गरेको छ।

प्रहरीको जवाफी कारबाहीमा मारिएका आकिब बशीर कुमार नामका ती व्यक्ति प्रतिबन्धित सशस्त्र संगठन लश्कर-ए-तैयबासँगसम्बन्धीत रहेको दाबी गरिएको छ।

यसैबीच प्रहरी लक्षित आक्रमण हुन थालेपछि भारतीय गृहमन्त्री अमित शाहले जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हालाई दिल्ली डाकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *