जम्मू-कश्मीरमा भारतीय प्रहरीमाथि आक्रमण, जवाफी कारबाहीमा सशस्त्र समूहका एकको मृत्यु

डिसी नेपाल
२३ असोज २०७८ ८:३१

दिल्ली। जम्मू कश्मीरमा भारतीय प्रहरीमाथि आक्रमण भएको छ। शुक्रबार राति श्रीनगरको नाटिपोरा क्षेत्रमा प्रहरी टिममाथि आक्रमण भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रहरीले जवाफी कारबाही गर्दा एक जनाको ज्यान गएको छ भने अर्का एक जना फरार भएका छन। प्रहरीले उनीहरूबाट हातहतियार पनि बरामद गरेको छ।

प्रहरीको जवाफी कारबाहीमा मारिएका आकिब बशीर कुमार नामका ती व्यक्ति प्रतिबन्धित सशस्त्र संगठन लश्कर-ए-तैयबासँगसम्बन्धीत रहेको दाबी गरिएको छ।

यसैबीच प्रहरी लक्षित आक्रमण हुन थालेपछि भारतीय गृहमन्त्री अमित शाहले जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हालाई दिल्ली डाकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *