टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, चालक पक्राउ

डिसी नेपाल
३१ साउन २०८३ ८:२३

भद्रपुर, झापा। झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेश रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार साँझ साइकलमा सवार गणेशलाई टिपरले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका गणेशको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनापछि टिपर चालक घटनास्थलबाट फरार भएका थिए। प्रहरीले खोजी गर्ने क्रममा झापा गाउँपालिका–३ कामाटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई पक्राउ गरेको जनाएको छ।

गणेशको मृत्यु भएको जानकारी पाएपछि आक्रोशित स्थानीयवासीले दुर्घटनामा संलग्न टिपरमा तोडफोडसमेत गरेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *