मेयर शाक्यद्वारा महानगरको कार्यालय रहने भवनकाे शिलान्यास
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको नयाँ बन्ने भवनको शिलान्यास गरेका छन्। वडा नं. १२ काे टेकु स्थित महानगरको हाल वातावरण विभाग रहेको स्थानमा भवनकाे शिलान्यास गरेका हुन्।
काठमाडौं महानगरको वडा नं. १२ स्थिति वातावरण विभाग रहेको ६ रोपनी जग्गामा नयाँ महानगरपालिकाको भवन बन्ने भएको छ। हाल केन्द्रीय कार्यालय रहेको सुनधारास्थित हरिभवनको जग्गामा विवाद आएपछि महानगरले उक्त ठाउँमा नयाँ भवन निर्माण गर्ने भएको हो।
टेकुमा बन्ने यो नयाँ कार्यालय भवन बेसमेन्टसमेत गरी नौ तल्लाको हुने मेयर शाक्यले जानकारी दिए। यसको डिजाइन पूर्ण रूपले काठमाडौं उपत्यकाको मौलिक वास्तुशैलीमा आधारित हुनेछ यहाँको वास्तु परम्परा अनुसार बहाल शैलीको चोकको अवधारणा अनुसार भवनको डिजाइन गरिएको मेयर शाक्यले जानकारी दिए।
भवनको बेसमेन्टमा पार्किङको व्यवस्था गरिएको छ । पार्किंडमा चार पाङ्ग्रे सवारी साधन ६० वटा र दुई पाङ्ग्रे सवारी साधना गरी एक सय वटा पार्किङ गर्न सकिनेछ। बेसमेन्टमै इन्जिनीयरिङ वर्कशप र पानी ट्यांकी पनि रहने मयेर शाक्यले जानकारी दिए।































डिसी नेपाल








Facebook Comment