पोखरा महानगरको कार्यबाहक मेयरको जिम्मेवारी मञ्जु गुरुङलाई

डिसी नेपाल
२५ असोज २०७८ १४:१५
396
Shares

पोखरा। पोखराको कार्यबाहक मेयरको जिम्मेवारी उपप्रमुख मञ्जुदेवी गुरुङलाई दिइएको छ। मेयर मानबहादुर जिसी १ साउनदेखि मस्तिष्कघातको उपचार गराइरहेका छन्।

जिसीले तीन महिनापछि कार्यालयमै आएर गुरुङलाई कार्यबाहकको जिम्मेवारी सुम्पिएका हुन्। मेयर नहुँदा हालसम्म महानगरको काम रोकिएको थियो।

योसँगै जिसीले कार्यकक्षबाटै दसैं र चाडवाडको शुभकामना दिएका छन्। उनको स्वास्थ्य केही सुधार भएको छ। सहयोगीको सहयोगमा उनी सोमबार महानगर पुगेका हुन्। उनले कोरोना संक्रमणको जोखिम अझै रहेकाले स्वास्थ्यप्रति सचेत भएर चाडपर्व मनाउन आग्रह गरेका छन्।

करिब एक घन्टा कार्यालयमा बिताएका जिसीले महानगरले गर्ने काम, सेवा प्रवाहलाई गुनासो नआउने गरी गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई निर्देशन दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.