गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन भन्दै संसदमा एमाले सांसदको नाराबाजी

डिसी नेपाल
२५ असोज २०७८ १४:५२
520
Shares

काठमाडौं।सोमबार बसेको बसेको प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुले ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ भन्दै नाराबाजी गरेका छन् ।चालू नवौँ अधिवेशनको पहिलो बैठकदेखि नै एमाले सांसदहरूले नाराबाजी गर्दै आइरहेका छन् । सोमबार पनि रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले ‘देश लुट्न पाइँदैन, गोली हान्न पाइँदैन जनता मार्न पाइँदैन’ भन्दै नाराबाजी गरेका हुन्।

हिजो आइतबार रुपन्देहीको बुटबलमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको थियो। सरकारले औद्योगिकरण गर्न खोजिएको जग्गा कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुबाट आएका मानिसहरुले हडप्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन् । आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै एमाले सांसदले सभामुख सापकोटाको विरोध गर्दै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.