गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन भन्दै संसदमा एमाले सांसदको नाराबाजी

डिसी नेपाल
२५ असोज २०७८ १४:५२

काठमाडौं।सोमबार बसेको बसेको प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुले ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ भन्दै नाराबाजी गरेका छन् ।चालू नवौँ अधिवेशनको पहिलो बैठकदेखि नै एमाले सांसदहरूले नाराबाजी गर्दै आइरहेका छन् । सोमबार पनि रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले ‘देश लुट्न पाइँदैन, गोली हान्न पाइँदैन जनता मार्न पाइँदैन’ भन्दै नाराबाजी गरेका हुन्।

हिजो आइतबार रुपन्देहीको बुटबलमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको थियो। सरकारले औद्योगिकरण गर्न खोजिएको जग्गा कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुबाट आएका मानिसहरुले हडप्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन् । आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै एमाले सांसदले सभामुख सापकोटाको विरोध गर्दै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *