महाराजगञ्जमा ईभी माइक्रोले आठ गाडीलाई ठक्कर दिँदा एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको महाराजगञ्जमा ईभी माइक्रोले आठ वटा सवारीसाधनलाई ठक्कर दिएको छ।
महाराजगञ्जबाट सुकेधारातर्फ जाँदै गरेको ईभीले दुई वटा ट्याक्सी, पिकअप योद्धा र बस लगायतका सवारीसाधनलाई ठक्कर दिएको हो।
दुर्घटनामा परेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ज्यान गुमाउनेमा लमजुङ घर भएका रामकृष्ण अवाल रहेका छन्। प्रहरीका अनुसार दुर्घटनामा परेर ६ जना घाइते भएका छन्।
उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। घाइतेहरूको त्रिवि शिक्षण अस्पताल र मेट्रो अस्पतालमा उपचार हुँदै छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment