मोरङको कर्सिया बजारमा बैंक लुट्ने प्रयास, गोली चल्यो
काठमाडौं । मोरङको धनपालथान गाउँपालिकास्थित सिटीजन्स बैंकमा गोली चलेको छ कर्सिया बजारमा रहेको बैंकको शाखामा लुटपाट गर्न लागिएको आशंकमा प्रहरीले गोली चलाएको हो ।
प्रदेश १ कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीका अनुसार गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले बताए । ‘लुटपाटको लागि आएका व्यक्तिमाथि गोली चलाएको हुनसक्छ । अरु प्रहरीले अनुसन्धान गरिरहेको छ’,डिआइजी विसीले भने ।
उनले घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ गरिएको पनि बताए । ‘दसैंको अवसर पारेर बैंक लुट्न खोजेको देखिन्छ प्रहरीले टोली खटाइसकेको छ’, उनले भने । पक्राउ परेका व्यक्तिहरु भारतीय नागरिक भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment