लामो यात्रामा गर्दा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह, यस्ता छन् मापदण्ड

डिसी नेपाल
२६ असोज २०७८ २२:०१
60
Shares

काठमाडौं । चाडबाडको समयमा लामो दुरीको यात्रा गर्दा थप सजकता अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । सार्वजनिक यातायातबाट लामो दुरीको यात्रा गर्दा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भएकाले जनस्वास्थ्य मापदण्डको पूर्ण पालनामा हेलचेक्रयाइँ नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो ।

यस्ता छन् स्वास्थ्य मापदण्ड

-सही तरिकाले मास्क प्रयोग गर्ने ।

-गाडी चढेपछि र ओर्लिएपछि साबुन पानी वा स्यानिटाइजरले हात सफा गर्ने ।

-यात्राका बेला सम्भव भएसम्म उपयुक्त भौतिक दुरी कायम गर्ने ।

-सकेसम्म खुद्रा पैसा वा अनलाइन भुक्तानीको व्यवस्था गर्ने ।

-आवश्यक खानेकुरा आफैं बोक्ने ।

-होटलमा खाना खान परे जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर खाने ।

-अनावश्यक रुपमा सवारी साधनका झ्याल, ढोका, डण्डी तथा सिट नछुने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.