खुटिया नदीमा ढुंगा लिन गएका ट्रयाक्टर चालक बगेर बेपत्ता

डिसी नेपाल
१ कार्तिक २०७८ १६:०९
116
Shares

धनगढी । कैलालीको खुटिया नदीमा ढुंगा संकलन गर्न गएका ट्रयाक्टर चालक बगेर बेपत्ता भएका छन्। गोदावरी नगरपालिका–८ का ३० बर्षीय गणेश आउजी नदीमा बेपत्ता भएका हुन्।

उनलाई खोज्न नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीय खुटिया नदीमा खटिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार ढुंगा संकलन गर्दै गर्दा एक्कासी नदीमा पानीको बहाव बढेका कारण ट्रयाक्टर चालक आउजी बगेको हुनसक्ने अनुमान छ। आइतबार रातीदेखि कैलालीमा भइरहेको अविरल बर्षाका कारण खोलानालामा पानीको बहाव बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.