मेस्सीको दुई गोल मद्दतमा पिएसजीको जित

डिसी नेपाल
३ कार्तिक २०७८ ७:२१
508
Shares

काठमाडौं। अर्जेन्टिनी स्टार खेलाडी लिओनेल मेस्सीको दुई गोल मद्दतमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यूईएफए च्याम्पियन्स लिगमा पुनरागमन जित निकालेको छ।

मंगलबार राति घरेलु मैदानमा भएको समूह ए को खेलमा पीएसजीले जर्मन बुण्डेस लिगा क्लब आरबी लाइप्जिगलाई ३-२ ले पराजित गरेको छ। टोली २-१ ले पछि पर्दा मेस्सीले २ गोल गर्दै महत्त्वपूर्ण तीन अंक दिलाएका थिए । यस्तै युवा फरवार्ड केलीयन एमबाप्पेले १ गोल गरे । पराजित लाइप्जिगको लागि आन्द्रे सिल्भा र नोर्दिक मुकिएलेले १/१ गोल गरे ।

खेलको नवौं मिनेटमा एमबाप्पेले काउन्टर मुभमा उत्कृष्ट फिनिस गरेका थिए । तर २८ औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको ५७ औं मिनेटमा नोर्दिक मुकिएलेले गोल गर्दै पाहुना टोलीलाई २-१ ले अघि बढाए ।

यसपछि यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट पेरिस झरेका मेस्सीले खेलको ६७ औं मिनेटमा मेस्सीले गोल गर्दै खेल पुन: २/२ को बराबर ल्याए ।

७४ औं मिनेटमा मेस्सीले पेनाल्टी गोल गर्दै टोलीलाई ३-२ को पुनरागमन जित दिलाए । पिएसजीले इन्ज्युरी समयमा अर्को पेनाल्टी प्राप्त गर्‍यो । तर ह्याट्रिकमा रहेका मेस्सीले उक्त प्रहार एम्बाप्पेलाई दिए । एमबाप्पेको पेनाल्टी प्रहार बाहिरिदा पिएसजीले अग्रता बढाउन सकेन ।

समूहको अर्को खेलमा म्यानचेस्टर सिटीले क्लब ब्रुगलाई ५-१ ले हरायो ।

यस जितसँगै पिएसजी अंक तालिकाको शीर्षस्थानमा कायम छ । टोलीको ३ खेलमा ७ अंक छ । सिटीको ३ खेलमा ६ अंक तथा क्लब ब्रुगको ४ अंक छ । आरबी लाइप्जिग भने ३ खेलमा अंकविहीन छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *