हात्तीको आक्रमणबाट कञ्चनपुरमा दम्पत्तिको मृत्यु

डिसी नेपाल
३ कार्तिक २०७८ ७:२६
460
Shares

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको आक्रमणबाट शुक्लाफाटा नगरपालिका–१२ कालागौडीका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मथुरा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घरमा सुतिरहेकै बेला मंगलवार राती हात्ती आएको हल्ला सुनेर घरबाट निस्किएर भाग्ने क्रममा हात्तीले कार्की दम्पतीलाई आँगनमै कुल्चेर मारेको कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले जानकारी दिए।

‘मृतकको शरीरमा हात्तीले कुल्चिएको निलडाम देखिएको छ,’ डीएसपी न्यौपानेले भने। उनकाअनुसार घटनास्थल वरपर हात्तीका पाइला देखिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.