बैजनाथ खोलाले बगाएर हुलाकका एक कर्मचारीको मृत्यु

डिसी नेपाल
३ कार्तिक २०७८ १५:२५
76
Shares

उदयपुर । जिल्ला हुलाक कार्यालय उदयपुरमा कार्यरत एक कर्मचारीको बैजनाथ खोलामा आएको बाढीले बगाएर ज्यान गएको छ। उदयपुरगढी गाउँपालिका–८ नरेटारका अतिरिक्त हुलाक कार्यालयका अतिरिक्त पत्रबाहाक कर्मचारीको कार्यालयको काम सकि घर फर्किने क्रममा बैजनाथ खोलाले बगाएर ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरगढी गाउँपालिका– ८ का ५९ वर्षीय कृष्णबहादुर श्रेष्ठको नेपालटारबाट महादेवस्थान घर फर्किने क्रममा खोलाले बगाएको हो। श्रेष्ठको शव एक किलोमिटर तल ढुंगामा अड्किएको अवस्थामा फेला परेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवक्ता बेदप्रसाद गौतमले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.