आर्यन खानसँग अनन्या पाण्डेको ड्रग्स कनेक्सन

डिसी नेपाल
४ कार्तिक २०७८ १६:३३
1.8k
Shares

काठमाडौं। मुम्बइ क्रुस शिप ड्रग्स केसमा बुधबार नयाँ मोड आएको छ । एनसबिीका अधिकारीहरु दिउँसो शाहरुख खानको घर मन्नत पुगे । अधिकारीहरु त्यहाँ आर्यन खानसँग सम्बन्धित कानुनी नोटिस दिन गएका थिए । यही क्रममा एनसीबीको टिम बलिउड अभिनेत्री अनन्या पाण्डेको घर पनि गएको छ । टिमले अनन्यालाई पनि कानुनी नोटिस दिएर सोधपुछको लागि बोलाएको छ ।

अनन्यालाई बिहीबार दिउँसो २ बजे सोधपुछको लागि बोलाइएको भए पनि उनी अहिलेसम्म घरबाट निस्किएकी छेनन् । एनसीबीले अनन्या र आर्यन खानबीचको च्याट फेला पारेको छ । यो च्याटमा ड्रग्सका विषयमा कुरा भएको छ । अनन्याको फोन पनि एनसीबीले जफत गरेको छ । अब यो केसमा अनन्या पनि फस्न सक्ने आशंका बढेको छ । यो केसमा शाहरुख खानका छोरा आर्यन खान अहिलेसम्म हिरासतमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.