मुख्यमन्त्री शाहीद्वारा बाढीपीडित कृषकलाई क्षतिपूर्तिको व्यवस्थाको घोषणा

डिसी नेपाल
५ कार्तिक २०७८ १२:३५
32
Shares

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले केहि दिन अघि आएको वर्षाका कारण भएको अन्नवाली क्षतिको एकिन विवरण संकलन गरी कृषकलाई क्षतिपूर्तिको व्यवस्था गर्ने बताएका छन् ।

शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले बाढी पहिरोबाट भएको कृषकको अन्नबालीलगायतको क्षतिबारे विवरण संकलन गरी क्षतिपूर्तिको व्यवस्था गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, बाढी पहिरो लगायतको विपदमा परी निधन भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले गरेको सामुहिक विपद दुर्घटना बिमाबाट प्राप्त हुने २ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने जनाएको छ । साथै, विपदमा परी घाईते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने व्यवस्था मिलाउने जनाइएको छ ।

विपदका कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिंचाई र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सुचारु गर्ने र अन्नवालीमा भएको क्षतिको एकिन विवरण संकलन कृषकहरुलाई क्षतिपूर्तीको व्यवस्था गर्ने जनाइएको छ ।

पूर्णरुपमा क्षति भएका घरहरुको विवरण संकलन गरी संघीय र स्थानीय सरकारसंग समन्वय गरी पुनःनिर्माण तथा पुनस्र्थापना गर्ने र विपदका कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लगत संकलन गरी पुनःनिर्माणको व्यवस्था मिलाउने बैठकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.