ड्रग्स केसमा नयाँ ट्वीस्ट, आर्यनले एनसीबीमाथि गम्भीर आरोप लगाउँदै माथिल्लो अदालत गए

डिसी नेपाल
६ कार्तिक २०७८ १३:३५
6.9k
Shares

काठमाडौं। क्रुज ड्रग्स केसमा ३ अक्टोबरमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले बाम्बे हाइकोर्टमा दायर गरेको जमानत याचिकामा नारकोटिक्स कन्ट्रोल ब्युरोमाथि नै गम्भीर आरोप लगाएका छन् । उनले एनसीबीमाथि आफूलाई फसाउनको लागि ह्वाट्सएप च्याटलाई गलत तरिकाले पेश गरेको आरोप लगाएका छन् ।

आर्यन अहिले मुम्बइको आर्थर रोड जेलमा छन् । उनको जमानत याचिका २ पटक खारेज भइसकेको छ । त्यसपछि उनका वकिलहरु बाम्बे हायकोर्ट पुगेका हुन् । उनको यो याचिकामाथि २६ अक्टोबरमा सुनुवाइ हुँदैछ । एनसीबीले अहिलेसम्म यो केसमा २० जनालाई गिरफ्तार गरिसकेको छ ।

आर्यनले हाइकोर्टमा दिएको जमानत याचिकामा जहाजमा छापा मार्दा एनसीबीले आफ्नो साथबाट कुनै पनि किसिमको ड्रग्स बरामद नगरेको भनेका छन् । उनले अरबाज मर्चेन्ट र अचित कुमार बाहेक अन्य कुनै पनि आरोपीसँग आफ्नो कुनै सम्बन्ध नभएको बताएका छन् । एनसीबीले जुन ह्वाट्सएप च्याटको कुरा गरिरहेको छ ती च्याटको यो केससँग कुनै सम्बन्ध नभएको र च्याट धेरै पुरानो भएको पनि आर्यनले बताएका छन् ।

आर्यनले जाँच अधिकारीहरुमाथि ह्वाट्सएप च्याटको व्याख्या गलत तरिकाले गरेको आरोप लगाउँदै एनसीबीले पाएको गुप्त सूचनासँग ती च्याटको कुनै पनि सम्बन्ध नभएको समेत बताएका छन् । आर्यनले सेसन कोर्टको जमानत नदिने फैसलामाथि पनि प्रश्न उठाएका छन् । अदालतले आर्यन प्रभावशाली भएकोले उनी रिहा भए प्रमाण मेटाउन सक्ने भनेको थियो । आर्यनले अदालतको यो तर्क गलत भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.