थप ५१३ जनामा सङ्क्रमण पुष्टि, ८ जनाको मृत्यु

डिसी नेपाल
६ कार्तिक २०७८ १७:११
172
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना भाइरससङ्क्रमण पुष्टी भएको छ । ४ हजार ९७२ जनामा पीसीआर परीक्षण गरिएकोमा ४३८ जनामा र १ हजार ९५९ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८१७ जना कोरोना मुक्त भएका छन्। यसैगरी, पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल देशभर १० हजार ५५९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.