बार सल्लाहकार समितिले माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा

डिसी नेपाल
९ कार्तिक २०७८ १६:२४
80
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनको सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेको छ ।

मंगलबार बसेको सल्लाहकार समितिको बैठकले न्यायालयको गरिमा जोगाउन नसकेको र न्याय सम्पादनमा आँच आएको भन्दै प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने निर्णय भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले जानकारी दिए ।

३७ सदस्यीय समिति बैठकमा धारणा राखेकामध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिए ।

प्रधानन्यायाधीश जबरामाथि कार्यपालिकासँग मिलेको, न्यायालयको गरिमामा आँच पुर्‍याउने कार्य भएकोजस्ता आरोप लाग्दै आएको छ ।

सर्वोच्च अदालतकै १४ जना न्यायाधीशले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने वा आफ्नो गल्ती सच्याउने प्रतिबद्धता जनाउनुपर्ने भन्दै इजलास नै बहिस्कार गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.