विकास र समृद्धिका लागि एमालेः उपमहासचिव पौडेल
फाइल
रुपन्देही । नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन्।
उपमहासचिव पौडेलले देशको विकास र समृद्धि हासिल गर्ने काममा नेकपा एमाले लागेको बताए । नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले विगतको एमाले नेतृत्वको सरकारले राष्ट्रको स्वाभिमान उचो बनाउनुका साथै मुलुकको दिगो विकासका लागि काम गरेको दाबी गरे ।
उपमहासचिव पौडेलले एकताका साथ सम्पन्न भएको विधान महाधिवेशनबाट नीति र विधि निर्माणमा ऐतिहासिक सफलता प्राप्त गरेको जनाउँदै अब झनै सक्रिय भएर पार्टीलाई अनुशासित बनाउनतर्फ लाग्ने बताए ।
कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष लीला गिरी, नेता नेत्र पन्थी, भोजप्रसाद श्रेष्ठ, शिवराज सुवेदी, बाबुराम पन्थी, किसन ज्ञवाली, केशवराज पन्थी लगायतले पार्टीलाई अझै सशक्त बनाउन एकजुट भएर लाग्नुपर्ने बताए ।







डिसी नेपाल








Facebook Comment