सशस्त्र प्रहरीको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ तोकिएका छन् । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई मोबाईल नम्बर ९८५१२७२००७ सम्पर्क गर्न सशस्त्र प्रहरीले अनुरोध गरेको छ ।
संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई बुधबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले सोे जिम्मेवारी हस्तान्तरण गरेका छन् । त्यसअवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्यालले उक्त जिम्मेवारी निर्वाहको क्रममा विभिन्न आम संचार माध्यम, विज्ञ संचारकर्मीहरु, विभिन्न संघसंस्था तथा निकायका विशिष्ट व्यक्तिहरुबाट प्राप्त भएको सहयोग, समन्वय तथा सहकार्यप्रती हार्दिक आभार प्रकट गरेका छन् ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्यालले संगठन र राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा सशस्त्र प्रहरी बल, नेपालले सम्पादन गरेका विभिन्न जनसरोकारका विषयहरुबारेका सूचना तथा समाचार प्रकाशन प्रसारणमा उनीहरुबाट प्राप्त भएको सहयोग आगामी दिनहरुमा समेत निरन्तर रुपमा रहने विश्वास व्यक्त गरेका थिए ।
सशस्त्र प्रहरी बल, नेपाल विश्व शान्तिका लागि विभिन्न युएन मिशनहरुमा विदेशमा रहेर तथा देशका ७७ वटै जिल्लाका विभिन्न ठाउँहरुमा अहोरात्र परिचालित रहि शान्ति सुरक्षा, सीमा सुरक्षा, सीमामा हुने विभिन्न प्रकृतीका अपराध नियन्त्रण, अवैध चोरीपैठारी तथा निकासी नियन्त्रण, आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति पक्राउ, विभिन्न समयमा भएका विपद् जन्य घटना तथा दुर्घटनाहरुमा परेका पीडित नागरिकहरुको उद्धार कार्य लगायत विभिन्न निकाय तथा आम नागरिकहरुसँग समेत हातेमालो गर्दै विविध कार्यसम्पादनमा क्रियाशिल रहिरहेको छ ।







डिसी नेपाल








Facebook Comment