राप्रपाको महाधिवेशन ११-१३ मंसिरमा
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको राष्ट्रिय महाधिवेशन मंसिर ११-१३ मा हुने भएको छ ।
अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बिहीबार बसेको केन्द्रीय विशेष समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन ११-१३ मंसिरमा राजधानी काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
बैठकले महाधिवेशनको तयारीअन्तर्गत सक्रिय सदस्य बनाउने अवधि १५ कात्तिकसम्म बढाउने निर्णय गरेको छ । त्यसैगरी केन्द्रीय निर्वाचन समितिले २६ कात्तिकभित्र सक्रिय सदस्यको नामावली जिल्लामा पठाउने, सक्रिय सदस्यको दाबी विरोध २७-२९ कात्तिकसम्म गर्ने, अन्तिम नामावली ३० कात्तिकमा प्रकाशन गर्ने र सक्रिय सदस्यहरुको नामावली पार्टीको वेबसाइट तथा जिल्ला पार्टी कार्यालयमा राखि सार्वजनिक गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए ।
उनकाअनुसार जिल्ला अधिवेशन २३ कात्तिकभित्र सम्पन्न गर्ने निर्णय भएको छ । त्यसैगरी सातवटै प्रदेशबाट प्रदेश कार्य समितिको निर्वाचन २८ कात्तिकमा गर्ने निर्णय भएको छ ।







डिसी नेपाल








Facebook Comment